नेपालको रियल स्टेट इभेष्टमेन्ट कम्पनी

साझा रियल स्टेट इन्भेष्टमेन्ट कम्पनी नेपालको एक मात्र कम्पनी हो,
जसले संस्थागत रूपमा व्यावसायिक घर जग्गाको कारोबार गर्छ।

हाम्रो बारेमा

परिचय

घरजग्गा व्यवसायलाई व्यवस्थित, विश्वसनीय, सर्वसुलभ तथा सबैको पहुँचयोग्य बनाउने उद्देश्यका साथ स्थापना भएको साझा रियल स्टेट इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. जुझारु तथा सफल युवा उद्यमी व्यवसायीद्धारा प्रवद्धित संस्था हो । देशभित्र र देश बाहिर रहेका नेपाली नागरीक एवम् गैर आवसिय नेपाली सहित सम्पूर्ण नेपाली लगानीकर्तालाई प्रत्यक्ष घरजग्गा व्यवसायमा संलग्न गराई सहरीकरण ,आवास क्षेत्र तथा कृषियोग्य जमिनको विकास, व्यावसायिक भवन तथा अपार्टमेन्ट निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले घरजग्गा व्यवसायलाई विशिष्टीकृत गरी सम्मानयोग्य व्यवसायको रुपमा स्थापना गर्ने उद्देश्य राखिएको छ ।

घरजग्गा व्यवसायको माध्यमबाट कृषियोग्य जमिनको विकास र विस्तार जिविकोपार्जनमा स्तरिकरण, प्राकृतिक सौन्दर्यको सूनिश्चितता, मौलिक पहिचान तथा व्यवसायिकरलाई निरन्तरता दिइनेछ । घरजग्गा संबन्धित पूर्वाधार निर्माण गरि व्यवसायलाई सफल, सुव्यवस्थित र समुन्नत बनाउने यस संस्थाको मुल ध्यय हुनेछ ।

लक्ष्य

कृषियोग्य जमिनको पहिचान तथा विकास, सुरक्षित आवास क्षेत्र निर्माण अपार्टमन्ट तथा व्यावसायिक भवन निर्माण योजनावद्ध विकास तथा व्यवस्थित शहरीकरण, समुन्नत, सभ्य तथा सु–संस्कृत समाज निर्माण यस संस्थाको मूल लक्ष्य रहेको छ ।

पुँजीको संरचना

कम्पनीमा पुँजीको अभाव हुन नदिन तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रणनीतिहरु अवलम्वण गरिनेछ । तत्कालको लागि कम्पनीको अधिकृत पुँजी २५ करोड रुपैँया कायम गरिएको छ । कम्पनीको हालको चुक्ता पुँजी ११ करोड २० लाख रुपैँया छ । घरजग्गा व्यवसायमा सर्वसाधारण, वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक र गैर आवासीय नपालीको सहज पहुँच पुगोस् भन्ने उद्देश्यले कम्पनीको पुँजी वृद्धि गरी नयाँ शेयर धनी भित्र्रयाउने रणनीति कम्पनीले लिएको छ । परियोजनामार्फत लगानी भित्र्याउँदा आधिकारिक रुपमा साना लगानीकर्तालाई प्राथमिकता दिइनेछ । सर्वसाधरणको इच्छा, चाहाना तथा आवश्यकतालाई महशुस गरी कम्पनीलाई छिट्टै नै प्राइभेट लिमिटेड बाट पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत गर्ने उद्देश्य लिएको छ ।

पुँपरियोजनाको वर्गिकरण

लगानीकर्तालाई उच्चतम प्रतिफल दिने तथा राष्ट्र निर्माणमा सहयोग पुग्ने गरी परियोजनाहरुको छनोट गरिनेछ । कुनै पनि परियोजना छनोट गर्नु पुर्व विद्यमान कानुनी व्यवस्था, लाभ, लागत त्यसले समाजमा पु¥याउने असर, वातावरणीय प्रभाव मूल्यांकन आदिको समुचित विष्लेषणबाट परियोजनाको सम्भाव्यता अध्ययन गरि त्यसले दिने प्रतिफल, समाजमा पार्ने सकारात्मक प्रभाव र लगानीकर्ताको मनोभावलाई बुझी परियोजना छनोट गरिनेछ । परियोजनाको लागत, जग्गा प्राप्तिदेखि परियोजना सम्पन्न हुन लाग्ने समय, परियोजना सम्पन्न भइसकेपछि त्यसमा कम्पनीको संलग्नता आदि विषय र प्रकृतिलाई मूल्यांकन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन परियोजनामा वर्गीकरण गरिएको छ । 

) अल्पकालीन
५ वर्षभन्दा कम अवधिमा सम्पन्न गरिने परियोजनाहरु यसमा पर्दछन् ।


ख) मध्यकालीन
५ वर्षदेखि १० वर्ष सम्म सम्पन्न गरिने परियोजनाहरु यसमा पर्दछन् ।


ग) दिर्घकालीन
परियोजना सम्पन्न हुन १० वर्ष भन्दा बढि समय लाग्ने र परियोजना सम्पन्न भइसकेपछि पनि कम्पनी व्यवस्थापनमा संलग्न भई राख्नुपर्ने खालका परियोजनाहरु यस अन्तर्गत पर्दछन्् ।


घ) विषेश परियोजना
परियोजना निर्माण गर्न दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने, उच्च जोखिम बहन गर्नुपर्ने र उच्च प्रतिफल आउने परियोजनाहरु यस अन्तर्गत पर्दछन् । यस किसिमका परियोजनामा समय सिमा नभएको तर लागत र प्रतिफलको जोखिम उच्च हुन्छ ।
माथि वर्गिकरण गरिएका परियोजनाहरुलाई कार्यान्वयन चरणमा निम्न बमोजिम विभाजन गरिएको छ ।

 कृषियोग्य जमिनको पहिचान तथा विकास
 जग्गा प्लटिङ्ग तथा पूर्वाधार निर्माण
 व्यक्तिगत घर÷आवास
 सामुहिक आवास तथा कोलोनी
 व्यावसायिक कम्प्लेक्स तथा अपार्टमेन्ट

परियोजना छनोट तथा निर्माण
दक्ष, अनुभवी तथा प्राविधिक घरजग्गा व्यवसायिको सुझाव, सल्लाह र प्रतिवेदनको आधारमा मात्र परियोजनाको छनोट गरिने छ । लगानीको उच्चतम प्रतिफललाई प्रमुख प्राथमिकता दिईने छ । यसका साथै त्यहाँको मौलिक पहिचान, विद्यमान कानूनी व्यवस्था, राष्ट्रिय आवश्यकता, आर्थिक सम्भाव्यता, सामाजिक अवस्था र दीर्घकालीन प्रभाव आदिको मूल्यांकन गरी परियोजना छनोट गरिनेछ । विज्ञ समुह द्धारा प्रत्येक तह र अवस्थाको प्रतिवेदन तयार गरी त्यसको अभिलेखीकरण गरी परियोजना छनोट तथा निर्माण कार्य प्रारम्भ गरीनेछ । लाभ— लागत विश्लेषणको आधारमा स्वतन्त्र मूल्यांकन मार्फत लगानीकर्ताले परियोजनामा लगानी गर्न पाउनेछन् । त्यसको आधारमा परियोजना कार्यान्वयनमा जानेछ ।

सहजकर्ता
घरजग्गा व्यवसायबारे चासो राख्ने, जग्गाको नापजाँच, खरिद बिक्रि र व्यवसायमा प्रत्येक्ष वा अप्रत्येक्ष संलग्न हुने व्यक्तिहरुलाई सहजकर्ताको भूमिकामा राखिनेछ । कम्पनी मार्फत घरजग्गा व्यवसायमा योगदान पु¥याउने व्यक्तिहरुलाई उनीहरुको योगदान र संलग्नताको आधारमा सहजकर्ताको कमिसन तोकिनेछ । सहजकर्ताले कम्पनीको लागी जग्गा खरिद गर्ने तथा बिक्रि वितरण गर्ने काममा महत्वपुर्ण योगदान दिनेछन् ।

लगानीकर्ता
कम्पनीले तयार पारेको परियोजनामा लगानी गर्ने व्यतिmलाई कम्पनीका लगानीकर्ता भनिनेछ ।त्यसको लागि कम्पनीले कर्ताको सिष्टम(पद्धती) तयार पार्नेछ । आवधिक रुपमा पद्धती अद्यावधिक गरिनेछ । परियोजनाको छनोट, सम्भाव्यता अध्ययन र परियोजना सम्पन्न हुँदासम्मको लगानीको मूल्यांकन र विष्लेषण गरी कम्पनीको तर्फबाट ३०% प्रतिशत देखि बढिमा ७०% प्रतिशत सम्म कूनै पनि परियोजनामा लगानी गरी बाँकी रहेको लगानी रकमलाई लगानीकर्ता बाट जुराई परियोजना कर्यान्वयनमा जानेछ । कम्पनीका शेरधनी र लगानीकर्ता लाई परियोजनामा लगानी गर्ने समान अवसर प्रदान गरिनेछ । परियोजनाको लागत अनुसार लगानीको लागि सिमा निर्धारण गरिनेछ । परियोजना छनोट भइसकेपछि मानौ कम्पनीको तर्फबाट ३०% प्रतिशत लगानी परियोजना लिस्टिङ हुने समय मै चुक्ता हुनेछ भने बाँकी ७०% प्रतिशत लगानी निश्चित समयावधि दिएर लगानीकर्तालाई रकम जम्मा गर्ने मौका दिईनेछ । परियोजनाको लागि आवश्यक (शत प्रतिशत) लगानी जुटेपछि परियोजना÷निर्माण विक्री वितरणमा जानेछ ।


डिजिटल प्रविधि
घरजग्गा व्यवसायलाई डिजिटल माध्यमबाट नियन्त्रण र संचालन गरिनेछ । मोबाईल, कम्प्यूटर तथा ल्यापटप प्रयोग गरी ईन्टरनेटको माध्यमबाट घरमै बसी घरजग्गा व्यवसायमा संलग्न हुन चाहनेको लागि यो एक सुवर्ण अवसर हुनेछ । विश्वको जुनसुकै ठाँउमा भएपनि डिजिटल प्रविधिको प्रयोग गरी लगानीकर्ताले परियोजनामा लगानी गर्न सक्नेछन् । यसबाट लगानीकर्तालाई लागत र समयको पनि बचत हुनेछ । कम्पनीले त्यसको लागि छुट्टै वेबसाइट र एप संचालनमा ल्याउनेछ । यो पूर्नता सुरक्षित, विश्वसनीय प्रविधि मैत्री र पारदर्शी हुनेछ ।


लगानी सुरक्षा र प्रतिफल
लगानीकर्ताको लगानी सुरक्षा र प्रतिफल कम्पनीको विश्लेषण र मूल्यांकनबाट छनोट भएका परियोजनालाई मात्र कार्यन्वयन चरणमा लगिनेछ । तहगत विष्लेषणबाट लगानीकर्तालाइ लगानी सुरक्षाको विश्वस्थ गरिनेछ । लगानीको लागि बैंकको ऋणमा भर पर्नु नपर्ने तथा पर्याप्त पुँजीको प्रत्याभुत हुने हुँदा परियोजना समय मै सम्पन्न हुनेछन् । यसबाट सहजकर्ता, लगानीकर्ता, कम्पनी तथा उपभोक्ता÷खरिदकर्ता लाभान्वित हुनेछन् । घरजग्गा खरिदमा हुने सबै प्रकारका झन्झट र अनिश्चितताबाट कारोबारीहरु मुक्त हुनेछन् । तहगत रुपमा प्रत्येक परियोजनाको बीमा गरिएको हुनेछ । आफ्नो लगानी अनुसार के र कसरी प्रतिफल प्राप्त हुन्छ भन्ने निश्चितता लगानी पूर्व नै लगानीकर्तालाई जानकारी हुनेछ । प्राकृतिक विपद, आगलागि, दुर्घटना लगायतको जोखिम बीमाको माध्यमबाट बहन हुनेछ ।


सामुदायिक दायित्व घरजग्गासँग सम्बन्धित कारोबार गर्ने कम्पनी भएता पनि सामाजिक दायित्वलाई कम्पनीको प्रमुख (एजेण्डा) प्रस्तावको रुपमा अंगिकार गरिएको छ । सामाजिक तथा परोपकारी क्रियाकलापको माध्यमबाट समाजमा सकारात्मक प्रभाव छोड्ने यसको दीर्घकालीन लक्ष्य छ । यसको विकास विस्तार र उद्गम समाजभित्र बाट हुने हुँदा कम्पनीको माध्यामबाट सेवा मूलक क्रियाकलापमा भाग लिन छुट्टै परोपकारी तथा गैर नाफा मूलक संस्था स्थापना गरिनेछ । कम्पनीमा प्राप्त हुने आम्दानीको केही अंश नयाँ परोपकारी संस्था स्थापना गरी त्यसको माध्यामबाट कम्पनीमा कार्यरत कर्मचारी तथा समाजको शिक्षा, स्वास्थ्य पूर्वाधार लगायत कल्याणकारी कार्यमा लगाउनेछ ।

किन साझा इन्भेष्टमेन्ट ?
हामीसँग घर जग्गा विकास, इन्जिनियरिङ र अर्थ वित्तीय क्षेत्रहरूमा धेरै वर्ष काम गर्नुभएका अनुभवी, सक्षम र समर्पित व्यावसायिक जनशक्ति छ।